काठमाडौंः अपागं भएका व्याराइज एण्ड साइन क्रीएटिभ पाईभेट लिमिटेडको आयोजनामा अपांग प्रतिभा २०२० को सेमिफाइनल छनोट कार्यक्रम सम्पन्न भएको छ । अपांगता भएकाहरुमा लुकेर रहेका प्रतिभा अगाडि बढाउने उद्देश्यले गत भाद्रमा आयोजना भएको उक्त कार्यक्रमको सेमिफाइनलको छनोट सम्पन्न भएको छ। गायन , नृत्य , चित्रकला विधालाई समेटेर आयोजना गरिएको कार्यक्रममा १५ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए ।
गायक सिताराम पोखरेल, नन्दु कुमार राई , गङ्गा प्रसाद घिमिरे , यसै गरि नृत्यमा रोमा न्यौपाने , सागर सुमन जङ्ग र पेन्टिङमा गणेश राईका निर्णयमा १५ जना प्रतिस्पर्धी मध्ये ९ जना प्रतिस्पर्धी फाइनल प्रवेश गरेका छन् र अपांग प्रतिभा २०२० मा दुई प्रतिस्पर्धीको वाइल कार्ड प्रवेश गरि फाइनलमा प्रतिस्पर्धा गराइने समेत कार्यक्रमकि संयोजक रश्मि शाक्यले जानकारी दिएकीछन । अपांग प्रतिभा २०२० का विजेतालाई एक लाख रुपैया मुस्ताङ भ्रमण सहित म्युजिक भिडियो समेत अवसर दिइने शाक्यले जानकारी दिइन ।


