मुगु तिब्बत सीमा स्तम्भ निरिक्षणका निरीक्षणमा टोली खटियो

स्तम्भसम्म पुग्न पैदल हिँडनु पर्ने

साभार ३० भाद्र २०७८, बुधबार १५:१६

सुर्खेत – मुगु तिब्बत सीमा स्तम्भ निरिक्षणका लागि बुधबार जिल्लाबाट १६ जनाको टोली त्यसतर्फ गएको छ ।

मुगु तिब्बत सीमा स्तम्भ निरिक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइराला नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक जगत रावलसहित १२ जना सशस्त्र प्रहरी र ४ जना जनपथ प्रहरी गरी १६ जनाको टोली मुगु तिब्बत सीमा स्तम्भ निरिक्षण तथा अनुगमनमा खटिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताए ।

मुगु तिब्बत सीमा स्तम्भ निरीक्षणको निम्ति जिल्लाबाट हरेक वर्ष टोली खटाइने गरिएको प्रमुख जिल्ला अधिकारीको भनाइ छ । टोलीलाई सीमा स्तम्भसम्म पुग्न करिब ३ दिन लाग्ने छ ।

सीमा स्तम्भमा खटिएको टोलीलाई गमगढीदेखि छाइल बजार सम्म सडक सुविधा भएपनि त्यहाँदेखि पूलु, तिहारगुम्बा, चितैकुना, सिरानीचौर र मुगु गाउँ हुँदै सीमा स्तम्भसम्म पुग्न पैदल हिँडनु पर्ने अवस्था छ ।

Next Post

नेपालमा भारतीय निजी रेल्वे कम्पनीको ढुवानी सेवा सुरु, अहिले एकतर्फी मात्र ढुवानी

३० भाद्र २०७८, बुधबार १५:१६
काठमाण्डौ – नेपालमा पहिलोपटक भारतीय निजी कम्पनीको रेलले ढुवानी सेवा सुरु गरेको छ । भारतीय कम्पनी हिन्द टर्मिनल प्रालीको रेल विभिन्न सामग्री बोकेर आज बिहान वीरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । भारतको हल्दियाबाट ९० वटा कन्टेनर बोकेको रेल बिहान वीरगञ्ज आइपुगेको समितिले जानकारी दिएको […]