दैलेखका सबै पालीकामा एमालेले टुंग्यायोे उम्मेदवार

कर्णालीदृष्टी संवाददाता १२ बैशाख २०७९, सोमबार ०८:२५

दैलेख । यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनका लागी नेकपा एमालेले दैलेखका ११ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । एमालेले जिल्लाका ११ स्थानीय तहमध्ये सबै पालीकाकोे मेयर, उपमेयर÷अध्यक्ष, उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको हो ।

नेकपा एमालेले दैलेखको नारायण नगरपालिका प्रमुखमा लोमन शर्मा र उप प्रमुखमा तप्ता कुमारी थापालाई उम्मेदवार बनाएको छ । यस्तै दुल्लु नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही र उप प्रमुखमा विना कार्कीलाई उम्मेदवार बनाएको छ ।

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको प्रमुखमा सूर्यबहादुर शाही उप प्रमुखमा नन्दा विष्ट, ठाँटिकाँध गाउँपालिकाको अध्यक्षमा लक्ष्मीदेवी शाह र उपाध्यक्षमा देवीराम बडुवाललाई उम्मेदवार बनाएको हो ।

महाबु गाउँपालिकाको अध्यक्षमा हरिप्रसाद उपाध्याय र उपाध्यक्षमा दुर्गा कुमारी सिंह, नौमुले गाउँपालिकाको अध्यक्षमा शशिराम विक, उपाध्यक्षमा गीता चन्दलाई उम्मेदवार बनाएको छ ।

यस्तै जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षमा सुन्दर केसी र उपाध्यक्षमा कलावती न्यौपानेलाई चयन गरिएको छ । त्यसैगरी एमालेले गुराँस गाउँपालिकाको अध्यक्षमा टोपबहादुर बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का, भगवतीमाई गाउँपालिका अध्यक्षमा शान्तिप्रसाद शर्मा र उपाध्यक्षमा बशन्ता शाहीलाई उम्मेदवार बनाएको छ ।

यस्तै जिल्लाको आठबीस नगरपालिकाको प्रमुखमा तर्क बहादूर बडूवाल र उप प्रमुखमा कल्पना थापा र भैरवी गाउँपालिका अध्यक्षमा सर्वराज महतरा र उपाध्यक्षमा पदमकुमारी विष्ट (के.सी) लाई उम्मेदवार बनाएको एमाले स्रोतले जनाएको छ ।

Next Post

पालीका चुनावका लागी दलहरु आज पनि उम्मेदवारी दर्ता गर्दै

१२ बैशाख २०७९, सोमबार ०८:२५
काठमाण्डौ । बैशाख ३० गते हुने पालिका चुनावको लागि दलहरुले आज पनि उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी […]