नेपालमा भारतीय निजी रेल्वे कम्पनीको ढुवानी सेवा सुरु, अहिले एकतर्फी मात्र ढुवानी

छिटै दुईतर्फी नै सेवा सुरु गरिने

साभार ३० भाद्र २०७८, बुधबार १५:२४

काठमाण्डौ – नेपालमा पहिलोपटक भारतीय निजी कम्पनीको रेलले ढुवानी सेवा सुरु गरेको छ । भारतीय कम्पनी हिन्द टर्मिनल प्रालीको रेल विभिन्न सामग्री बोकेर आज बिहान वीरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

भारतको हल्दियाबाट ९० वटा कन्टेनर बोकेको रेल बिहान वीरगञ्ज आइपुगेको समितिले जानकारी दिएको छ । यसअघि भारतको सरकारी स्वामित्वको कोन्कन रेलवे निगमले मात्रै नेपालमा सामान ढुवानी गर्न पाउने व्यवस्था रहेकोमा सरकारले निजी रेलले पनि सेवा दिन मिल्ने गरि रेलवे सम्झौता संशोधन गरेको थियो । गएको असार २५ गते सरकारले रेलवे सम्झौता संशोधन गर्दै भारतीय कम्पनी कोन्कनको एकाधिकार अन्त्य गरेको थियो ।

नेपालमा भारतीय निजी कम्पनीको प्रवेश भएसँगै ढुवानीमा प्रतिष्पर्धा बढेको र व्यापारीहरुले सस्तो भाडामा तथा झण्झटविनै सामान ल्याउन पाउने समितिका कार्यकारी आशिष गजुरेलले जानकारी बताए । उनले बन्दरगाहको क्षमता बढाएर ढुवानीलाई अझै सहज र सस्तो बनाइने जानकारी दिए । अहिले एकतर्फी ढुवानी भएकोमा छिटै दुईतर्फी नै सेवा सुरु गरिने उनको भनाइ छ ।

Next Post

पहुँचयोग्य र गुणस्तरीय शिक्षामा सबैको ध्यान केन्द्रित हुनुपर्ने: प्रधानमन्त्री देउवा

३० भाद्र २०७८, बुधबार १५:२४
काठमाडौं -शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै यसका लागि भविष्यमा थप कार्यक्रम कार्यान्वयन गर्ने बताए। सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको भन्ने अवस्थामा पनि यस विद्यालयमा उल्लेख्य विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा आफूलाई […]