चर्चीत लोक गायिका विष्णु माझीलाई ’प्रसिद्ध प्रबल जनसेवाश्री पदक’ प्रदान गरीने ।।

साभार ३ आश्विन २०७८, आईतवार ११:२३

काठमाण्डौ । पछिल्लो समय निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने भएकी छिन ।

संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो । चर्चित गायिका माझी सार्वजनिक नभएकाले पनि उनको बारेमा धेरैले चासो र चिन्ता राखेका छन् ।

गएको तीजमा उनले गाएको ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ बोलको गीत उहाँकै जीवनमा आधारित रहेको भन्दै उहाँको खोजी समेत गरिएको छ ।
यसैबिच विवाहित चेलीको वेदना समेटिएको गीतमा तीजमा माइत जाने, आमाले पकाएको दर खाने चेलीको रहर, घरका दुःख, श्रीमानबाट पाउने यातना प्रस्तुत गरिएको छ । यो गीत उनकै श्रीमान सुन्दरमणि अधिकारीले नै लेखेको भए पनि धेरैले यो गीत माझीकै जीवनमा आधारित रहेको अनुमान लगाएका छन् ।

माझीलाई आफ्नै श्रीमानले बन्धकमा राखेको भन्ने हल्लासमेत चलेको छ तर यसको कुनै पुष्टि भएको छैन । माझी सार्वजनिक नहुनुको कारण रहस्यमा नै छ । साङ्गीतिक क्षेत्रमा सफल हुन थालेसँगै गायिका माझी सार्वजनिक जीवनमा छैनीन ।

गीत रेकर्डिङ गर्दासमेत अनुहार छोपेर स्टुडियो जाने कुरा बाहिरिने गरेको छ । काठमाण्डौमै भए पनि गायिका विष्णु माझी इन्टरनेट र सामाजिक सञ्जालमा कतै भेटिनुहुन्न् । रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहेकी माझी गीत गाउन स्टुडियो धाउनेबाहेक अन्य कुनै सार्वजनिक कार्यक्रममा जादैनीन ।

उनी माइती घर समेत नजाने गरेको पाइएको छ । स्याङ्जाको रत्नपुर गाविस–६ चापाकोटमा एक विपन्न परिवारमा जन्मेकी विष्णु माझी परिवारकी जेठी छोरी हुन । गायिका माझीको अवस्था सार्वजनिक गर्न दबाब बढे पछि केही समय अघि स्याङ्जामा रहेको उहाँको माइतीमा प्रहरी सोधपुछका लागि पुगेको थियो ।

यस अघि पनि यस्तै दबाब परे पछि प्रहरीले माझीलाई सोधपुछका लागि बोलाएको थियो । तर, उनले आफ्नै इच्छाले गुमनाम जीवन बाँचिरहेको बताए पछि यो विषय त्यसै सेलाएको थियो । यसपालिको तीजमा ‘चरी जेलैमा’ बोलको गीत सार्वजनिक भए पछि फेरि उहाँ सार्वजनिक हुनु पर्ने कसरा उठिरहेको छ ।

यतिबेला सरकारले उनलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिने घोषणा गरे पछि धेरैलाई उनी पदक लिन जान्छीन कि जादैनीन भन्ने जिज्ञासा लागेको छ । संविधान दिवसका अवसरमा सरकारले उहाँसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका ९ सय ३ जनालाई विभिन्न विभूषण र पदक दिने घोषणा गरेको छ ।

अहिले घोषणा गरिएको विभूषण र पदक वैशाख १ गते विशेष समारोहका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नु हुनेछ ।

Next Post

संविधान जारी भएको ६ वर्ष पूरा , नागरिकले भने संविधानमा उल्लेख भएको अधिकार पाउन सकेनन ।।

३ आश्विन २०७८, आईतवार ११:२३
काठमाण्डौ – संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । दिवसका अवसरमा नेपाल र विदेशमा रहेका नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम हुँदैछ । दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति […]