शिक्षकलाई तलव नदिएपछि, अभिभावक द्वारा बिधालयमा तालाबन्दी ।

कर्णाली दृष्टि संवाददाता, २३ कार्तिक २०७७, आईतवार ०६:५५

दैलेख । महाबु गाउँपालिकाको वर्डा नं. १ मष्टा आधारभूत बिधालयमा तलब नदिएपछि तालाबन्दी गरेका छन् । विद्यालयका बिषयगत शिक्षकहरुलाई तलब भत्ता नदिएर निकालियकाे भन्दै अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका हुन ।

विद्यालयका अभिभावकहरुले बिषयगत शिक्षकहरुलाई तलब भत्ता नदियर निकालियकाे, विद्यालयमा कम्प्युटर विषयको शिक्षक हुँदा हुँदै आफूनिकटको शिक्षक राख्ने गरि गाेप्य निर्णय गरि बिज्ञापन गरिएकोकाे आरोप लगाएका छन् ।

उनीहरूले बिषयगत शिक्षककाे व्यवस्थापन नगरेकाे, विद्यालय व्यवस्थापन समितिले निर्माण गरेको भवनको सार्वजनिक सुनुवाई नगरेकाे, विद्यालयमा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदमा पहिले विज्ञापन गर्ने निर्णय गरेको र पछि राजनीतिक हस्तक्षेपका कारण शिक्षक सहमति गराइएको आरोप पनि लगाइएको छ।

शिक्षक अभिभावक सङ्घका संयोजक गोविन्दप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा विद्यालयमा एउटा कोटा बाहेक अन्य विषयगत कोटामा शिक्षक नभएको, विद्यालय भवन निर्माणपछि साधन स्रोत नभएको र विद्यालयका अत्यावश्यक विषयहरुमा समितिका सदस्यलाई झुक्याई निर्णय अगावै हस्ताक्षर गर्न लगाई निर्णय गरिएको  शिक्षक अभिभावक सङ्घका संयोजक गोविन्दप्रसाद भट्टराईले जााानकारी दिएका छन् ।

विज्ञप्ति पढ्नुहोस्

Next Post

अन्तर्राष्ट्रिय उडान नियमित सुरु गर्न सीसीएमसीको सिफारिस ।

२३ कार्तिक २०७७, आईतवार ०६:५५
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गरेको छ । सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो । केबलकार सञ्चालन, जंगल सफारी, […]