अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा पत्निमाथी चक्कू प्रहार

कर्णालीदृष्टी संवाददाता २५ फाल्गुन २०७८, बुधबार ०७:२३

दैलेख । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा दैलेखमा एक गृहिणी माथि उनका श्रीमानले चक्कू प्रहार गरी घाइते बनाएका छन् । जिल्लाको नारायण नगरपालिका–११ की २४ वर्षीया सावित्रा शाही माथि उनका २७ बर्षीया श्रीमान बखतबहादुर शाहीले चक्कू प्रहार गरेका हुन् ।

घरमा बारम्बार कुटपिट र दुव्र्यवहार हुन थालेपछि गत पुस २९ गतेदेखि नौमूले गाउँपालिका–८ चौराठास्थित माइतीघरमा बस्दै आएकी सावित्रा माथी सोमवार साँझ माइतीघरमा पुगेर बखतले चक्कू प्रहार गरेको प्रहरीले जनाएको छ ।

सावित्रा माथि चक्कू प्रहार भए लगतै जोगाउन गएका उनका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाई १४ वर्षीय सुरेश चन्दलाई पनि चक्कू प्रहार गरेर घाइते बनाएकोमा घटना लगतै गाउँकै मेडिकलमा प्राथमिक उपचारपछि दैलेख अस्पतालमा ल्याईएकोे छ ।

दिनहुँ जस्तो कुटपिट गर्न थालेपछि गएको दुई महिनादेखि माइतीघरमा बस्दै आएकोमा माइतीमै पुगेर एक्कासी चक्कू प्रहार गरी घाइते बनाएको पीडित महिलाको भनाई छ । अहिले घाईते तीनै जनाको उपचार दैलेख अस्पतालमा भईरहेको डा. जगत थापाले जानकारी दिए ।

पीडित पक्षले हिजो (मंगलवार) दिएको ‘ज्यानमार्ने उद्योग’ सम्वन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । उनलाई प्रहरी हिरासतमा राखिएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।

आरोपित बखत र पीडित सावित्रीको नौ वर्ष अघिको बैवाहिक सम्वन्धबाट सात वर्षको बिवेक र चार वर्षको बसन्त नामका दुई वटा छोरा छन् ।

Next Post

कर्णाली र सुदूरपश्चिमका ८६ स्थानीय तहमा एकीकृत बस्ती विकास गरिने

२५ फाल्गुन २०७८, बुधबार ०७:२३
काठमाण्डौ । सरकारले जोखिमयुक्त बस्तीलाई व्यवस्थित गर्दै विपन्न समुदायको जीविकोपार्जनमा सघाउन कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका ८६ स्थानीय तहमा एकीकृत बस्ती विकास गर्ने भएको छ । भूकम्प, बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपबाट विस्थापितको स्थानान्तरण समस्या यथावत् रहेका बेला सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उस्तै प्रकृतिको नयाँ कार्यक्रम अघि सारेको हो । संघीय […]

सम्बन्धित समाचार