मोवाईलमा टावर नआउदा दैलेखको भगवतीमाईका स्थानीयवासी मर्कामा ।।

कर्णालीदृष्टी संवाददाता ३ आश्विन २०७८, आईतवार १४:४५

दैलेख । जिल्लाको पुर्वी भेगमा पर्ने भगवतीमाई गाउँपालिकामा विद्युत विस्तारमा ढिलाई हुदा स्थानीयवासी टेलिफोन सेवाबाट बञ्चीत भएका छन । लामो समय सञ्चार सेवाबाट बन्चित भगवतीमाई गाउँपालिकाका स्थानीयबासीहरु ३ वर्षयता नेपाल टेलिकम र एनसेलको सेवा लिरहेका थिए ।

सोलारबाट सेवा दिइरहेका टावरमा वर्षातको समय घाम नलाग्दा ब्याट्री चार्ज नहुने भएपछि बर्षातको समय सूरु भएसंगै नागरिकले समस्या झेल्नुपरेको छ । गाउँपालिकामा २ वटा एनसेल र २ वटा टेलिकममा टावर छन् ।

भिभिन्न ठाउँको कभरेज मिलाएर राखिएका टावरहरु घामको भरोसामै सञ्चालित छन् । गाउँपालिकका अध्यक्ष दानबहादुर थापाले अध्यक्षमा निर्वाचित भएपछि एक बर्षमै पालिकाभर विद्युत विस्तार गर्ने रेडियोबाट प्रसारण हुने कार्यक्रम तथा सार्बजनिक ठाउँमा बताए पनि अध्यक्षको ५ वर्षको कार्यकार सकिनै लाग्दासमेत विद्युत विस्तार नहुँदा नागरिकलाई समस्या हुने गरेको भगवतीमाई गाउँपालिका –३ का महेश रेग्मीले बताए ।

भगवतीमाई गाउँपालिका–६ चिपिनमा रहेको नेपाल टेलिकमको टावरमा राखिएका व्याट्रीले ३ महिनादेखि काम नगरेपछि घाम लागे फोन र बादल लागे ‘नो’ सर्भिस भईरहेको छ । टावरले काम नगर्दा गाउँपालिकाको वडा नम्बर १ देखि ६ वडाका पगनाथ, रुम, मेहलतोली, जगन्नाथ र बडाभैरवका नागरिकहरुलाई सास्ती भएको छ ।

यस बारेमा सम्बन्धित निकाय एक अर्कामा आरोप लगाईरहेका छन् । गाउँपालिकाका अध्यक्ष दान बहादुर थापालाई सोध्दा २४सै घण्टा फोन सेवा सूचारु गराउँन नेपाल टेलिकम दैलेख, सुर्खेत र प्रदेश कार्यालय नेपालगञ्जमा ताकेता गर्दा सुनुवाई नभएको बताउँछन् ।

यता नेपाल टेलिकम दैलखलाई सोध्नेहो भने –मुख्यगरी त्यहाँ रहेको टावरको कन्ट्रोलरमा समस्या भएपछि ब्याट्रीले काम नगर्दा फोन सेवा प्रभावित भएको बताउँछन् । टेलिकम दैलेखको भनाइ छ, ‘बादल लागेको समयमा मात्रै टावरले काम नगरेको हो, घाम लागेपछि अहिले काम गरिरहेको छ, हामीले एक हप्तामै यसको सामाधानमा जुटेका छौँ ।’

गाउँपालिकामा राखिएको टाउरसम्म विद्युत पुर्याउने दायित्व गाउँपालिका तथा विद्युत कार्यालयको भए पनि विद्युत विस्तार नहुदाँ टाउरमा बढी समस्या आउने गरेको छ । टेलिकमले कर्णालीका ग्रामिण क्षेत्रका नागरिकहरुलाई फोन सेवा प्रवाह गर्न डाँडामा राखिएका टावरसम्म विद्युत नपुग्दा सोलारले कहिले काँही राम्रोसँग काम नगर्दा समस्या उत्पन्न हुने गरेको छ ।

Next Post

दैलेखमा आयोजीत बुद्धिचाल प्रतियोगिता सकियो, १० औ स्थान सम्मका खेलाडीलाई पुरस्कार प्रदान ।।

३ आश्विन २०७८, आईतवार १४:४५
दैलेख । संबिधान दिवसको अवसरमा दैलेखमा आयोजना गरिएको अन्तर प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । बुद्धिचाल संघ दैलेखको आयोजनामा ३ दिनसम्म चलेको प्रतियोगितामा बिजयी बिभिन्न पदका खेलाडीहरुलाई नगद पुरस्कार तथा सम्मान गरिएको छ । बिभिन्न ६ प्रदेशका ६४ खेलाडिहरुको सहभागिता भएको बुद्धिचाल संघका केन्द्रीय सदस्य शक्ति बहादुर बुढाले जानकारी […]