टिकटकद्वारा माइक्रोसफ्टको प्रस्ताव अस्वीकार

खबरदृष्टि ३० भाद्र २०७७, मंगलवार १५:५९

टिकटकले माइक्रोसफ्टले गरेको अमेरिकी सेवा खरिदको प्रस्ताव अस्वीकार गरेको छ । माइक्रोसफ्टले लोकपि्रय भिडियो शेयरिङ्ग एप खरिदको लागि गरेको प्रस्ताव चिनियाँ कम्पनीले अस्वीकार गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई आफ्नो अमेरिकाको सेवा अमेरिकी कम्पनीलाई नै बिक्री गर्न दिएको अल्टिमेटम मंगलबार सकिँदैछ । यस्तो अवस्थामा माइक्रोसफ्टले आफ्नो प्रस्ताव अस्वीकृत भएको बताएको हो ।

ट्रम्पको प्रशासनले टिकटक तथा अन्य चिनियाँ एपमा राष्ट्रिय सुरक्षाको जोखिम रहेको बताउँदै आएको छ । ट्रम्पले टिकटकले आफ्नो अमेरिकाको व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री नगरेको अवस्थामा मंगलबारदेखि प्रतिबन्ध लाग्ने बताइसकेका छन् । यस्तोमा दुई अमेरिकी कम्पनीहरु माइक्रोसफ्ट र ओरेकलले टिकटक खरिदमा चासो देखाएका थिए ।

वाल स्ट्रिट जर्नल र रोयटर्सले उल्लेख गरेअनुसार आरेकल टिकटकले खरिद गर्ने भएको छ । यसअघि ओरेकल गम्भीररुपमा टिकटकको अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डको व्यवसाय खरिद गर्ने दिशामा अघि बढिरहेको समाचार सार्वजनिक भएको थियो ।

यद्यपि माइक्रोसफ्टको प्रस्ताव अस्वीकार भएको तथा ओरेकललाई आफ्नो व्यवसाय बिक्री गर्ने विषयमा सम्झौता भएनभएको विषयमा टिकटकले कुनै प्रतिक्रिया दिएको छैन ।

स्रोत : बीबीसी

Next Post

किन घट्यो मोबाइल सेवा प्रदायकको आम्दानी र नाफा ?

३० भाद्र २०७७, मंगलवार १५:५९
काठमाडौं । कोभिड-१९को महामारीका कारण अर्थतन्त्रमा आएको मन्दीसँगै त्यसको असर मोबाइल सेवा प्रदायक कम्पनीको वासलातमा पनि देखिन थालेको छ । चैत ११पछि गरिएको लकडाउनसँगै यो क्षेत्रमा ठूलो असर देखापरेको छ । बितेको आर्थिक वर्ष २०७६/७७मा मोबइल सेवा प्रदायक कम्पनीका आम्दनी र नाफा दुबैमा नकारात्मक प्रभाव प्रभाव परेको तथ्यांकहरुले देखाउँछन् । […]