छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

कर्णालीदृष्टी संवाददाता २४ मंसिर २०७८, शुक्रबार ०७:०१

जाजरकोट । जाजरकोट सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रा पठनपाठनको समयमा बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ ।

विद्यालयमा ६ देखि १० कक्षासम्मका छात्रा पठनपाठनकै समयमा केही दिनयता अकस्मात बेहोस हुने, चिच्याउने, रुने लगायत समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताउनुभयो ।

बिहीवार १० भन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले जानकारी दिनुभयो ।

केहीबेर बेहोस हुने कराउने गरेपछि आफैँ ठीक हुने गरेको उहाको भनाई छ । केही समयपछि फेरी अरु छात्रालाई यस्तो समस्या देखिएपछि बिहीबार मध्यान्तरपछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

केही समय अघि विद्यालयको छात्रावासमा बस्ने १२ कक्षामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी थिइन् । डा.समीक्षा मल्लले छात्रामा देखिएको समस्या मास हिस्टेरिया भएकाले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरे विस्तारै समस्या आफैं समाधान हुने बताएका छन ।

Next Post

नारामा मात्रै सीमित हुदा भ्रष्टाचार कम हुन सकेन

२४ मंसिर २०७८, शुक्रबार ०७:०१
दैलेख । ‘भ्रष्टाचार विरुद्धको अभियान, हाम्रो अधिकार’ हाम्रो भूमिका भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस दैलेखमा पनि मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । जिल्ला प्रशासन कार्यालय दैलेखले आयोजना तथा नेपाल […]