संबिधान दिवसको अवसरमा दैलेखका २४ जना कैदीबन्दी रिहा ।।

कर्णालीदृष्टी संवाददाता ४ आश्विन २०७८, सोमबार १४:५५

दैलेख । संबिधान दिवसको अवसरमा नेपाल सरकारको निर्णयमा राष्ट्रपद्धिारा देशभरका कैदीवन्दी रिहा गर्ने क्रममा दैलेखका २४ जना कैदीबन्दी रिहा भएका छन ।

बिभीन्न मुद्धामा ५० प्रतिशत कैद भुक्तान भएका दैलेखका २४ जना कैदीबन्दी रिहा भएको जिल्ला कारागार दैलेखका जेलर जित बहादुर खत्रीले जानकारी दिएका छन ।

रिहा भएका कैदीमध्ये कर्तव्य ज्यान मुद्धामा परेका छ जना रहेका छन । उनीहरुलाई २० बर्ष कैद फैसला सुनाईएको भएपनि १० बर्ष जेल सजाय काटीसकेपछि माफी हुने प्रावदान अनुसार उनीहरु रीहा भएका हुन ।

यस्तै अन्य कसुरमा परेका २ जना र बहुििबवाह कसूरमा सजाय भोगीरहेका १६ जना कैदीबन्दी पनि रिहा भएका छन । बहुविवाहामा परेका ६ महिला र १० जना पूरुष रिहा भएको जिल्ला कारागार दैलेखले जानकारी दिएको छ । रिहा भएका कैदीबन्दीहहरुलाई आईतबार नै आफन्तको रोहवरमा विदाई गरिएको छ ।

Next Post

एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित

४ आश्विन २०७८, सोमबार १४:५५
काठमाडौं – नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्। सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद अवरोधका गर्दै आइरहेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक पारित भएको छ। अर्थमन्त्री शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्, आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्, […]