जुम्लाका किसानलाई मेसिनले राडिपाखी बुन्न सहज बनाउदै ।।

कर्णालीदृष्टी संवाददाता ११ चैत्र २०७८, शुक्रबार १८:१६

जुम्ला । पछिल्लो समयमा मेसिनले राडिपाखी बुन्न थालेपछि जुम्लाका किसानलाई निकै सहज भएको छ । पहिले एक हप्तामा एउटा राडि या पाखी बुन्दै आएका यहाँका किसानले अहिले मेसिनको प्रयोगले सहजै रुपमा राडिपाखी बुन्न थालेका हुन् ।

हातले राडिपाखी बुन्दै आइराखेका जुम्ला तातोपानी गाउँपालिका ७ सर्मी गाउँका स्थानीय चन्द्रबहादुर कुवर मेसिनले राडिपाखी बुनेर आत्मनिर्भर बन्ने बाटोमा लागेको बताउनुहुन्छ ।

राडिपाखी,लिउ र पाखेकोट बुन्न करिब एक हप्ता लाग्थ्यो तर कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले मेसिन उपलब्ध गराएर मेसिनबाट राडिपाखी बुन्ने सीप दिएपछि निकै राहत मिलेको स्थानीयले बताएका छन् ।

मेसिनबाट राडिपाखी बुन्ने सीप २१ जनाले सिकेका छन् । उनीहरूले प्रमाणपत्र समेत पाइसकेका छन् । पहिलो पटक मेसिनबाट राडिपाखी बन्ने सीप पाउँदा निकै खुसी भएको किसानहरू बताउँछन् ।

Next Post

कर्णालीमा कृषि विकास रणनीति बनाउन सुझाव संकलन

११ चैत्र २०७८, शुक्रबार १८:१६
सुर्खेत । कर्णाली प्रदेशमा प्रादेशिक कृषि विकास रणनीति बनाइन लागिएको छ । जसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १० वटै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, कृषि, भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रतिनिधिलगायत सरोकारवालासँग सुझाव संकलन गरेको छ । विकासमार्फत तुलनात्मक लाभसहितको प्रांगारिक कृषि प्रणालीबाट दिगो […]