संसद विघटनविरुद्ध काठमाडौंमा जसपाको प्रदर्शन

चक्र प्रसाद पोख्रेल १२ पुष २०७७, आईतवार १४:३५

 

काठमाडौं :संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा)नेपालले आज आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ ।

रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ । पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध र्‍याली कोणसभामा परिणत हुनेछ ।

कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा.बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई लगायतले सम्बोधन गर्ने तय भएको छ ।
संसद भंग गर्ने ओलीको कदमविरुद्ध प्रदर्शन गरिएको जसपाले जानकारी दिएको छ ।

Next Post

युवा र वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि सीप परीक्षण आवेदन खुल्यो

१२ पुष २०७७, आईतवार १४:३५
काठमाण्डाै : युवा र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गरिने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिले सहुलियत शुल्कमा सीप परीक्षणकोे लागि आवेदन दिन आह्वान गरेको छ ।सीप परीक्षणमा सहभागी हुन १६ वर्ष उमेर पुगेका वा वैदेशिक रोजगारीबाट फर्किएकाहरुले सीप परीक्षण केन्द्रमा गई आवेदन […]