एएफसी महिला एसियन कप–२०२२ छनोटमा आज नेपालले हङकङसँग खेल्ने ।।

कर्णालीदृष्टी संवाददाता ५ आश्विन २०७८, मंगलवार ०८:५८

काठमाण्डौ – एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे उज्वेकिस्तानको जेएआर मैदानमा सुरु हुनेछ । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले हारेको थियो ।

छनोटका लागि नेपालले आजको खेल जितेर मात्रै पुग्दैन । फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नुपर्नेछ । तीन वटै टोलीले बराबरी अङ्क बनाए नेपाल शीर्षस्थानमा रहन सक्छ । यसअघि नेपालले हङकङसँग दुई खेल खेलेकोमा दुवैमा हार बेहोरेको थियो ।

सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० र १९८९ मा भएको खेलमा ३–० ले हारेको थियो । चौध पटक एसियन कम खेलिसकेको हङकङ फिफा वरीयताको ७६ औं स्थानमा छ । नेपाल एक सय एक औं स्थानमा छ ।

Next Post

कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते ।।

५ आश्विन २०७८, मंगलवार ०८:५८
कञ्चनपुर – कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइते […]