१९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनी प्रदेशलाई

कर्णालीदृष्टी संवाददाता २० मंसिर २०७८, सोमबार ०६:४३

काठमाण्डाै – १९ वर्षमुनिको राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज आइतवार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई एक सय १३ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

लुम्बिनी प्रदेशले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका लागि लोकेश बमले २५ र खड्क बोहराले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका अजय चौहानले पाँच, दुर्गेश गुप्ताले तीन र मोहम्मद हुसेनले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा दुई सय १२ रन बनायो । उसका लागि देव खनालले ७० र विशाल विक्रम केसीले ५१ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका आकाश चन्दले तीन तथा शेर मल्ल र हेमन्त धामीले दुई/दुई विकेट लिए । प्रतियोगितामा सात प्रदेशका सात टोली सहभागी थिए ।

Next Post

कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा आउँदाे माघ २ र ३ गते हुने

२० मंसिर २०७८, सोमबार ०६:४३
काठमाण्डाै – कक्षा १२ को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा आउँदाे माघ २ र ३ गते हुने भएको छ । बोर्डले गएको शुक्रवार सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएका हुन् । बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा ‘सी प्लस’ वा त्यसभन्दा माथिल्लो […]

सम्बन्धित समाचार