सुर्खेत । सरकारले मंसिरमा सुर्खेतको वीरेन्द्रनगरमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड बजेट बिनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्दे दशौँ राष्ट्रिय खेलकुदका लागि ६० करोड छुट्टाएको बताएका हुन् ।