कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते ।।

कर्णालीदृष्टी संवाददाता ५ आश्विन २०७८, मंगलवार ०९:२२

कञ्चनपुर – कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेमध्ये सशस्त्र प्रहरी जवान सुन्दर सुनारको टाउको हात र खुट्टा चोट लागेको छ ।

घाइतेहरुको दोधारा चाँदनीको स्वास्थ्य चौकीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिनुभयो । ७÷८ जनाको समूहमा आएका तस्कर आक्रमणपछि भागेका छन् ।

मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका उनीहरुले सीमाक्षेत्र नजिक ढु्ङ्गामुढा गरेका हुन् । उनीहरुको पहिचान भएको र पक्राउ गरी कानुन अनुसार कारबाही गर्ने आश्वासन भारतीय पक्षले दिएको पनि एसपी ऐरले बताउनुभयो ।

यसअघि कैलालीमा तस्कर समूहले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या गरेका थिए ।

Next Post

भालु भगाउन जूम्लाका स्थानीय रातभर जाग्राम बस्दै ।।

५ आश्विन २०७८, मंगलवार ०९:२२
जूम्ला । मकै पाक्ने याम शुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन उनीहरु रातभर जाग्राम बस्ने गरेका हुन् । जुम्लाको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् । भालुले मकै सखाप पार्न […]

सम्बन्धित समाचार