अनाधिकृत ‘ढुङ्गा गिट्टी बालुवा’ उत्खनन नगर्न गाउँपालिकाको आग्रह ।

खगेन्द्र राना मगर ५ आश्विन २०७८, मंगलवार २१:५२

दैलेख | जथाभावि रुपमा प्राकृतिक श्राेत साधनकाे उत्खनन् कार्य बढ्दै जान थालेपछि दैलेखकाे भैरवी गाउँपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने खोलाहरूबाट अनाधिकृत ‘ढुङ्गा गिट्टी बालुवा’ उत्खनन नगर्न आग्रह गरेको छ ।

गाउँपालिकाले एक सूचना जारी  गर्दै छामघाट  खाेलाकाे कँडेनिदेखि श्रिस्थान  मन्दिर सम्म ढुङ्गा, गिट्टि, बालुवा  सङ्कलन तथा माछा सङ्गकलन एवम गडाज्युला खाेलाकाे भैरवि मन्दिरदेखि नाराघाट दाेभान सम्म ढुङ्गा,गिट्टी तथा बालुवा सङ्कलन कार्य नगर्न सबैमा अाग्रह गरेकाे हाे ।

ढुङ्गा गिट्टी बालुवा सङ्कलन सम्बन्धित कार्य ठेक्का प्रक्रियाद्धारा भइरहेकोमा गाउँपालिका क्षेत्रमा पर्ने दुई वटै खोलाहरूबाट माछा मार्ने तथा ढुङ्गा गिट्टी बालुवा सङ्कलन गर्ने कार्य अनाधिकृत व्यत्तिहरुबाट नियम विपरीत गर्ने गरेको बुझिएकाले यस्तो कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको छ ।

अवैध कार्य गरेका पाइएमा प्रचलित कानुन बमोजिम दिनजन्य सामाग्रीहरू जफत गरी तोकिए बमोजिमको दण्ड जरिवाना गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालि द्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिका द्वारा प्रकाशित सूचना ।

Next Post

सेभ द चिल्ड्रेन र सोसेकद्धारा गुराँस गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग ।।

५ आश्विन २०७८, मंगलवार २१:५२
दैलेख । दैलेखको गुराँस गाउँपालिकालाई मंगलवार स्वास्थ्य सामग्री सहयोग गरिएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा गुराँस गाउँपालिकामा सञ्चालित सहयात्रा–दोस्रो परियोजनाले उक्त सामग्री सहयोग गरेको हो । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामग्रीहरु सहयोग गरिएको हो । मंगलवार सेभ द चिल्ड्रेनका […]