तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई चैत २५ देखि टाइफाइड विरुद्धको खोप लगाईने

कर्णालीदृष्टी संवाददाता १४ चैत्र २०७८, सोमबार १६:१८

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो ।

मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ ।

उहाँले यसअभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जनाकारी दिनुभयो ।

Next Post

कर्णालीमा कुल मतदाताको सङ्ख्या १० लाख १ हजार २ सय ८२

१४ चैत्र २०७८, सोमबार १६:१८
सुर्खेत । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ मतदाता रहेका छन् । निर्वाचन आयोगमा अनुसार सबै भन्दा बढी मतदाता सुर्खेतमा रहेका छन् । […]