मालपोत कार्यालय दैलेखका घुस लिने दुई जना पक्राउ।

कर्णाली दृष्टि संवाददाता दैलेख, ३ कार्तिक २०७७, सोमबार २०:३०

दैलेख : मालपोत कार्यालय दैलेखमा  घुस रकम लिने दुई जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीबाट बारम्बार घुस माग्ने दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले आज पक्राउ गरेको हो ।

सेवाग्राहीको उजूरीको आधारमा उनीहरुलाई पक्राउ गरेको र उनिहरुको  नाम भने नखुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधकिारी मेघनाथ सापकोटाले बताएका छन् ।

उनीहरुलाइ आज साँझ सवा पाँच बजे नियन्त्रणमा लिएको सापकोटाको भनाई छ । ‘दुई जनालाई घेरा हालेर नियन्त्रणमा लिएको हो’ सापकोटाले भने, ‘घुस रकम र पक्राउ पर्नेहरु कर्मचारी मात्रै हुन् वा दलाल पनि हुन भन्ने केही खुलेकाे छैन् ।’

टाेलीले मुचुल्का उठाइरहेकाले केही बेरमा घटनाकाे विस्तृत विवरण सार्वजनिक गरिने सापकाेटाले जनाएका छन ।

Next Post

अत्यावश्यक काम बाहेक आवतजावतमा राेक।

३ कार्तिक २०७७, सोमबार २०:३०
दैलेख : कोरोना भाइरसको महामारीबाट जोगिन दैलेख जिल्ला  प्रशासनले आवतजावतमा रोक लगाएको छ  । सदरमुकाम समेत रहेको नारायणसहित अन्य पालिकाहरुमा संक्रिय संक्रमितको संख्या बढ्दै गएपछि कोरोना संक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय दैलेखले थप नयाँ मापदण्ड लागु गरेको हो । स्थानीय कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आज बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले […]