अबैध रुपमा तयार पारिएका मदिराजन्य पदार्थ नष्ट ।।

खगेन्द्र राना मगर २४ आश्विन २०७८, आईतवार ०८:००

दैलेख । घरेलु मदिरा नियन्त्रण अभियान अन्र्तरगत जिल्ला प्रहरी कार्यालय दैलेखले सदरमुकामका बिभीन्न होटेलहरुबाट अबैध रुपमा तयार पारीएका घरेलू मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

शनिबार प्रहरी नायव निरीक्षक पिंकल वि.क.को कमाण्डमा खटिएको १५ जना प्रहरीको टोलीले दैलेख बजारका बिभिन्न होटेल तथा पसलहरुमा खान तलासी गर्ने क्रममा भेटीएका मदीरा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घरेलु मदीरा बनाईरहेको भन्ने गोप्य सुचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालयबाट कार्यालयबाट खटिएको प्रहरी टोलीले नारायण नगरपालीका भित्र रहेका बजारहरुका होटल तथा पसल खान–तलासि गर्ने क्रममा फेलो परेका ३५० लिटर मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जनाईएको छ ।

यस्तै सोही क्रममा २०० लिटर कच्चा पदार्थ, ६ थान मदिरा बनाउने भाडा वर्तन, १० वटा ड्राम तथा मातहत प्रहरी ईकाइहरुबाट मदिरा २६५४ लिटर, कच्चा पदार्थ १०३४ लिटर र भाडा वर्तन १३ थान, ड्राम १४ वटा बरामद गरी नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Next Post

माथिल्लो कर्णालीमा भारतीय कम्पनीको म्याद थपबारे सुझाव दिन उच्चस्तरीय समिति गठन ।।

२४ आश्विन २०७८, आईतवार ०८:००
काठमाडौं । लगानी बोर्डले ९०० मेगावाटको माथिल्लो कर्णालीमा भारतीय कम्पनी जीएमआरसँगको सम्झौता थप गर्ने वा नगर्ने विषयमा सुझाव दिन उच्च स्तरीय समिति गठन गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै ऊर्जा, अर्थलगायतका मन्त्रीको सहभागितामा बसेको लगानी बोर्डको बैठकले जीएमआरसँगको सम्झौता थप गर्ने वा नगर्ने विषयमा सुझाव दिन राष्ट्रिय योजना […]