परराष्ट्र मन्त्रीमा कांग्रेस नेता नारायण खड्का नियुक्त ।।

कर्णालीदृष्टी संवाददाता ६ आश्विन २०७८, बुधबार १४:२४

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन । खड्काले बुधबार नै सपथग्रहण गर्ने तयारी भइरहेको छ ।

दिउँसो २ बजे भित्र उनलाई शपथ ग्रहण गराउने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आएका थिए ।

खड्काले अर्थशास्त्रमा पीएचडी गरेका छन । उनी सकभर आजै बेलुका संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका जाने तयारी छ । आज नभ्याए भोलि बिहान खड्कासहितको टोली अमेरिका जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सत्ता गठबन्धनका नेताहरुको हिजोको बैठकमा खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । तर, पार्टी भित्र छलफल नगरेको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । यस विषयमा आज कांग्रेसको पदाधिकारी बैठकमा छलफल हुनेछ ।

बैठक बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्ने छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनका विषयमा पनि छलफल हुनेछ । क्रियाशील सदस्यता विवादले १३ जिल्लामा कांग्रेसको वडा तहको अधिवेशन प्रभावित भएको छ ।

Next Post

सिम्तामा बस दुर्घटना, १२ घाइते ।।

६ आश्विन २०७८, बुधबार १४:२४
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बस दुर्घटना हुदा १२ जना घाईते भएका छन । बुधबार बिहान साढे १० बजेतीरको समयमा बस दुर्घटनामा परेको हो । सिम्ता गाउँपालिकाको देउली बजारबाट जामुने आउँलै गर्दा बे्रक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ […]