बाँके : आज राति १२ बजेदेखि आउँदो २० गतेसम्म बाँके जिल्लाभर लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख ९ गतेदेखि लकडाउन लागू भएकोमा सोमवारदेखि जिल्लाभर लकडाउन गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज राति १२ बजेदेखि लकडाउन गर्न लागिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको निर्णय पालना गर्न आग्रह गरेकाछन ।