देशको सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरू नबनाउने ; चीन

कर्णालीदृष्टी संवाददाता ७ आश्विन २०७८, बिहीबार ०७:३८

 

विश्वव्यापी रूपमा हरित गृह ग्यास उत्सर्जन कटौतीमा योगदान गर्नका लागि भन्दै चीनले आफ्नो देशको सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरू नबनाउने बताएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गर्नुभएको हो ।

राष्ट्रपति सी जिनपिङले राष्ट्र सङ्घ महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै भन्नुभयो, ‘विकासशील देशहरूलाई हरित तथा न्यून–कार्बन ऊर्जा उत्पादनका लागि सहयोग गर्न चीन अघि आउने छ । विदेशमा चीनको सहयोगमा कोइलामा आधारित परियोजना बन्ने छैनन् ।’

चीनले इन्डोनेशिया, भियतनासहितका देशमा कोइला खानीमा आधारित परियोजनाहरूमा सहयोग गर्दै आएको छ । पछिल्लो समय ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’अन्तर्गत चीनले ठूलो लगानी गरिरहेको हो ।

पेरिस जलवायु सम्झौताले तय गरेको लक्ष्य पूरा गर्नका लागि उत्सर्जन कटौती गर्नुपर्नेमा चीनले कोइलामा आधारित परियोजनामा लगानी गरेको भन्दै आलोचना भइरहेका समय चीनले यो कदम अघि बढाउने बताएको हो ।

Next Post

किलोमा ४२ रुपैयाँ बढी प्रस्ताव गर्ने लाई हुम्ला खाद्यान्न ढुवानी ठेक्का

७ आश्विन २०७८, बिहीबार ०७:३८
सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको खाद्य संस्थान) ले हुम्लामा खाद्यान्न ढुवानी गर्न किलोमा ४२ रुपैयाँ बढी प्रस्ताव गर्ने लाई ठेक्का लगाउन खोजेको छ । प्रतिस्पर्धामा आएकामध्ये किलोमा ४२ रुपैयाँ बढी प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा एक जिल्लामा मात्रै राज्यको ढुकुटीबाट ३ करोड ८८ लाख बढी खर्च हुनेछ । खाद्य […]