दैनिक रेकर्ड कायम बनाउँदै सुनको मूल्य, आजपनि ह्वात्तै बढ्यो

कर्णाली दृष्टि संवाददाता २२ चैत्र २०८०, बिहीबार ११:४२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड कायम बनाइरहेको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि यही बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार कायम हुँदै रेकर्ड बनाएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ ।

Next Post

आँखाको ज्योति पाएपछी जुम्लाका स्थानीय खुसी

२२ चैत्र २०८०, बिहीबार ११:४२
जुम्ला । चन्दननाथ नगरपालिका ७ मिचा गाउँकी ८० वर्षीया मागी सार्की पुनः आँखाको ज्योति पाउँदा खुसी व्यक्त गरेकिछिन्। शल्यक्रियापछि उनी आँखा देख्न सक्ने भएकी छन्। उनले मोतीविन्दुका कारण आँखा देख्न छाडेको २ वर्ष भइसकेको थियो। उनी छोरीको सहारामा सदरमुकाम खलंगा पुगेकी थिइन्। उनले खुसी हुँदै भनिन्, ‘फेरि देख्न सक्ने भएँ। […]