किलोमा ४२ रुपैयाँ बढी प्रस्ताव गर्ने लाई हुम्ला खाद्यान्न ढुवानी ठेक्का

राज्यको ढुकुटीबाट ३ करोड ८८ लाख बढी खर्च हुने

कर्णालीदृष्टी संवाददाता ७ आश्विन २०७८, बिहीबार ०७:४७

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको खाद्य संस्थान) ले हुम्लामा खाद्यान्न ढुवानी गर्न किलोमा ४२ रुपैयाँ बढी प्रस्ताव गर्ने लाई ठेक्का लगाउन खोजेको छ ।

प्रतिस्पर्धामा आएकामध्ये किलोमा ४२ रुपैयाँ बढी प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा एक जिल्लामा मात्रै राज्यको ढुकुटीबाट ३ करोड ८८ लाख बढी खर्च हुनेछ ।

खाद्य कम्पनीले दुर्गममा हरेक वर्ष करिब १ लाख ७० हजार क्विन्टल खाद्यान्न ढुवानी गर्दै आएको छ । यस वर्ष पनि ढुवानीकै लागि मात्र ४६ करोड रुपैयाँ छुट्याइएको छ । जसअनुसार हुम्लामा नेपालगन्जबाट ४ हजार र सुर्खेतबाट ६ हजार गरी १० हजार क्विन्टल खाद्यान्न ढुवानी गर्न बोलपत्र आह्वान गरिएको थियो । राज्यलाई क्षति पुर्‍याउन सरकारी कम्पनीका हाकिम र सुर्खेतमा कार्यालय रहेको श्रीर्मिका कार्गो कम्पनीबीच अपारदर्शी साँठगाँठ भएको कर्मचारीहरूको दाबी छ ।

Next Post

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण

७ आश्विन २०७८, बिहीबार ०७:४७
काठमाडौँ । एसियाली विकास बैङ्क (एडीबी) ले नेपालमा चालु आर्थिक वर्ष २०७८र०७९ को आर्थिक वृद्धिदर ४।१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालु आर्थिकको बजेटमार्फत ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ । यसअघि बैङ्कको एशियन डिभलप्मेन्ट आउटलुकले नेपालको यस वर्षको आर्थिक वृद्धिदर ५।१ प्रतिशतले […]