
दैलेख :दैलेखको दुल्लू नगरपालिकाको आठ औं नगरसभा सुरू भएको छ । मुलुकमा प्रतिनिधिसभा विघटन र राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएका अवस्थामा स्थानिय तहका गाउँ तथा नगरसभा भने सुचारू भएका छन् । फलस्वरूप कर्णाली प्रदेशका स्थानीय तहहरूमध्ये पहिलो हिउँदे नगरसभाको रूपमा दुल्लू नगरपालिकाले मंगलबारदेखि सभा सुचारू गरेको हो ।
नगरसभामा चार वटा विधयेक पेश गर्दै नगरसभामा सुरू गरिएको नगरप्रमुख घनश्याम भण्डारीले बताए । उनका अनुसार सभामा वडा नम्बर ७ का वडाअध्यक्ष लाल बहादुर रावतले दुल्लू अस्पतालको स्तरवृद्धि सम्बन्धी प्रस्ताव पेश गरेका छन् भने वडा नम्बर १ का वडाअध्यक्ष नयाराम थापाले विपद् जोखिम न्युनिकरण सम्बन्धी विधयेक पेश गरेका छन् ।यसैगरी वडा नम्बर ३ का वडाअध्यष कलम खनालले सथानीय वातावरण संरक्षण विधयेक र वडा नम्बर ४ का वडाअध्यक्ष झुपाराम लम्सालले आर्थिक कार्यविधि नियमित गर्ने विधयेक सभामा पेश गरेका छन् ।
नगरसभामा पेश भएका विधयेक उपर दफावार छलफल गर्दै आगामी माघ १५ गतेसम्मका लागि सभा स्थगित गरिएको नगरप्रमुख भण्डारीले बताए ।


