दैलेखको लाँकुरीमा एक महिने ड्राइभिङ तालिम सुरु ।।

युवालाई स्वरोजगार बनाउने लक्ष्य

कर्णालीदृष्टी संवाददाता ८ आश्विन २०७८, शुक्रबार ०९:३४

दैलेख । युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा एक महिने ड्राइभिङ तालिम सुरु भएको छ ।
उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजनामा सुरु भएको तालिमको बिहीवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) विशेष कार्यक्रम अन्तरगर्त एक महिने ड्राइभिङ सिप विकास तालिम सञ्चालन गरिएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजना तथा डुङ्गेश्वर गाउँपालिका–२ को समन्वयमा तालिम सञ्चालन भएको हो ।
तालिममा डुङ्गेश्वर गाउँपालिका–२ का १० जना युवाहरु सहभागि रहेको वडाध्यक्ष राजु कुमार खत्रीले बताउनुभयो ।

युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ ड्राइभिङ तालिम सुरु गरेको वडाध्यक्ष खत्रीले बताउनुभयो । उहाका अनुसार वडाका बेरोजगार युवालाई लक्षित गर्दै वडा कार्यालयको समन्वय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजनामा गाडी चलाउने एक महिने ड्राइभिङ तालिम सुरु गरेको हो ।

Next Post

त्रिशूलीमा कार खस्यो, तीन जना बेपत्ता

८ आश्विन २०७८, शुक्रबार ०९:३४
चितवन ।  पृथ्वी राजमार्गको मुग्लिननजिक बिहीबार राति त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो । घटनामा कार चालकसहित तीन जना बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । कारमै रहेका पोखरा–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीको भने […]

सम्बन्धित समाचार