घरको जग हाल्दै गर्दा आएको सुक्खा पहिरोमा परि जुम्लामा ले दुई जना बालकको मृत्यू

कर्णालीदृष्टी संवाददाता २३ बैशाख २०७९, शुक्रबार ०६:५२

जुम्ला – जुम्लामा घरको जग हाल्दै गर्दा आएको सुक्खा पहिरोले दुई जना बालकको ज्यान गएको छ ।

तिला गाउँपालिका २ का रणबहादुर बोहराको घरको जग हाल्दै गर्दा पहिरो खस्दा खेलिरहेका दुई बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । ज्यान गुमाउनेमा रणबहादुर बोहराका तीन वर्षीय छोरा शिशिर र बोहराका छिमेकीका छोरा हिमिश रावत रहेका छन् ।

यस्तै पहिरो खस्दा नजिकै काम गरिरहनुभएकी रणबहादुर बोहोराकी पत्नि लक्ष्मी घाइते हुनुभएको छ । उहाँको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

शिक्षकका ३४ कोटामा सबै फेल

२३ बैशाख २०७९, शुक्रबार ०६:५२
काठमाडौँ । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा विभिन्न विषयका ३४ वटा कोटा रिक्त भएका छन । परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण नभएपछि ती कोटा रिक्त भएका हुन । रिक्तमध्ये मधेस प्रदेशका सबैभन्दा धेरै (२९ वटा) कोटा रिक्त भएका छन । विज्ञान र नेपाली विषयमा धेरै अनुत्तीर्ण […]