आठबीसकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

कर्णालीदृष्टी संवाददाता २२ मंसिर २०७८, बुधबार ०७:०१

दैलेख । दैलेखबाट एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आठबीस नगरपालिका वडा नम्बर ६ बाजकाटियाकी २७ बर्षीया सृजना रोका मगरलाई उद्धार गरिएको हो । स्थानीय स्वास्थ्य चौकी सिंहासैनमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरद्वारा उहालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको हो ।

उहालाई नेपाली सेनाको हेलिकप्टरमा कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा लगिएको हो । स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेको र गर्भवती महिलाको स्वास्थ्य जोखिममा रहेको अवस्थामा उहालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको स्थानीय खगेन्द्र शाहीले बताउनुभयो ।

उहाले गर्भवती महिलाको जीवन रक्षाको लागि उद्धार गरी हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा पु¥याउन पहल गर्ने स्थानिय सरकार, प्रदेश सरकार लगायत सरोकारवाला सबैलाई धन्यवाद समेत दिनुभएको छ ।

Next Post

ठगी गर्ने कर्णसिंह टमाटालाई १५ लाख जरीवाना सहित ४ बर्ष जेल सजाय

२२ मंसिर २०७८, बुधबार ०७:०१
दैलेख । बिभीन्न बाहानामा ठगी गरेका कर्णसिंह टमाटालाई जिल्ला अदालत दैलेखले ४ बर्ष जेल सजाय सहित १५ लाख जरीवाना तोकेको छ । शर्मीला चन्द शाही लगाएतले दिएको जाहेरीको आधारमा टमाटालाई प्रहरीले पक्राउ गरी कारवाहीका लागी दैलेख अदालतमा पेश गरेको थियो । २०७६ फागून ७ गते कर्ण टमाटालाई पुर्पक्षका लागी कारागार […]