सुर्खेत । कर्णालीका बालबालिका मानव बेचबिखन तथा ओसारपसारको जोखिममा छन् । प्रदेशका सबैजसो जिल्लाबाट बालबालिकाको बेचबिखन तथा ओसारपसार हुने गरेको हो ।
बालबालिकाको कमजोर पारिवारिक स्थितिको फाइदा उठाउँदै अनेक प्रलोभनमा पारी काठमाडौं, पोखरालगायतका सहरहरूमा लैजाने गरिएको छ ।
बालबालिकालाई यसरी गाउँबाट सहरसम्म लिन गिरोहहरू नै संलग्न छन् । प्रदेश प्रहरी कार्यालयअनुसार चार वर्षको अवधिमा कर्णालीका २० जना बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेका छन् ।
आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷मा सुर्खेतका मात्रै नौ जना बेचबिखन तथा ओसारपसारमा परेका हुन् । यस्तै, यो अवधिमा सल्यानमा चार, जुम्लामा तीन, दैलेखमा दुई र कालीकोट तथा रुकुम (पश्चिम)मा एक–एक जनाको बेचबिखन भएको हो । यो तथ्याङ्क प्रहरीमा खोजतलासका लागि अनुरोध गरिएकाहरूको मात्र हो ।
हराएका अधिकांश बालबालिकाको उजुरी प्रहरीसम्म पनि आइपुग्दैन । प्रदेश प्रहरी कार्यालयअनुसार चार वर्षको अवधिमा कर्णालीका २० जना बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेका छन् ।
आइतबार कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कर्णालीमा मानव बेचबिखन तथा ओसारपसारको अवस्था डरलाग्दो रहेको बताइएको छ ।