सेवाको भावना र राम्रो गरौं भन्ने इच्छाशक्ति जरुरीः वडासदस्य खड्का ।।

कर्णालीदृष्टी संवाददाता १२ आश्विन २०७८, मंगलवार ०९:४८

दैलेख । नारायण नगरपालिका वडा नं. ७ का वडासदस्य निर्मला खड्काले सार्वजनिक निकायको जिम्मेवारी वहन गर्न आउनेहरुमा सेवाको भावना र राम्रो गरौं भन्ने इच्छाशक्ति जरुरी भएको औल्याएकी छिन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी परियोजनाले बसन्त मावि किमुगाउँमा आयोजना गरेको शिक्षा अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हून ।

विद्यालय व्यवस्थापन समिति र यस्तै सामाजिक कार्य गर्न आउनेहरु राजनीतिक पक्षबाट माथि उठेर सेवाको भावना र राम्रो गरौं भन्ने इच्छाशक्तिका साथ काम गर्ने विद्यालय व्यवस्थापन अध्यक्ष र प्रधानाध्यापक पाएकोले विद्यालयको शैक्षिक क्रियाकलापहरु व्यवस्थित हुँदै आएकोमा आफू खुशी रहेको वडासदस्य खड्काले बताईन ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशबहादुर खड्काले भरखर जिम्मेवारीमा आएकोले सबैको सहयोग र सहकार्यमा काम गर्ने प्रतिवद्धता जनाए ।

विद्यालयका प्रधानाध्यापक धर्मराज खड्काले समयमा दिइने सुझावले थप गल्ती हुन नदिन र सफलतातिर उन्मुख गराउने बताए । उनले आफू प्रशंसा भन्दा रचनात्मक सुझावको खाँचो रहेको बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का जिल्ला प्रतिनिधि अमर सुनार र इएलपी परियोजनाका जिल्ला सहजकर्ता सीता बुढाले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा विद्यालयको शैक्षिक गतिविधि थप सुधार गर्न अभिभावक र विद्यार्थीहरुले सुझाव दिएका थिए ।

इएलपी कार्यक्रम अन्तरगत बसन्त मावि किमुगाउँमा गठित बालअधिकार चेतना समूहका अध्यक्ष निशा रावलले खेलकूद सामग्री उपलब्धता र कम्प्यूटरको अधिकतम उपयोगमा बालबालिकालाई अवसरहरु सिर्जना गर्नुपर्ने सुझाव राखीन ।

अन्तरक्रिया कार्यक्रममा अभिभावकहरु भविसरा कोइराला, धनकुमारी रावल, सीता खनाल र मनु रावलले बालबालिकाहरुमा कुनै किसिमको विभेद वा भेदभाव हुनु नहुने, विद्यालयमा शिक्षकहरुले सूर्तीजन्य पद्धार्थ सेवन गर्न नहुने सुझाव राखेका थिए ।

Next Post

“स्थानीय शैक्षिक सवाल” विषयक अन्तरक्रिया दैलेखमा सम्पन्न ।।

१२ आश्विन २०७८, मंगलवार ०९:४८
दैलेख । नारायण नगरपालिका दैलेखका कार्यवाहक मेयर एवंम वडा नं. ९ का वडाध्यक्ष ढालबहादुर थापाले शैक्षिक गुणस्तर सुधार र भौतिक व्यवस्थापनमा नगरपालिकाको प्रमुख चासो रहेको बताएका छन । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्वारा सोमवार दैलेखमा आयोजित स्थानीय शैक्षिक सवाल विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो विचार राखेका हुन । यस्तै शिक्षा […]