नेपालगञ्ज नाकामा स्वास्थ्यकर्मी अभाव

कर्णालीदृष्टी संवाददाता ३ माघ २०७८, सोमबार ०७:०३

नेपालगन्ज । भारतबाट फर्केका यात्रुको कोरोना जाँचमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन पुगेका छन् । नाकामै कोरोना भाइरसको परीक्षणका लागि खटिएका १७ जना स्वास्थ्यकर्मीमा ९ जना संक्रमित भएका छन् ।

हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोना भाइरसबाट संक्रमित हुन थालेपछि नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ ।

नाकाको हेल्थ डेस्कका खटिएका चिरिञ्जवी ज्ञवालीले सेवा प्रदान गर्न समस्या भएको बताउनुभयो । जनशक्ति थप गर्नका लागि ताकेता गरीरहेको बताउदै उहाले थोरै जनशक्तिमा सबैको परीक्षण सम्भव नहुने बताउनुभयो ।

पछिल्लो केही दिनयता नेपालगन्जको जमुनाह नाकाबाट घर फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ । उनीहरु फर्किएसँगै नेपालमा कोरोना संक्रमणको जोखिम समेत बढेको छ । नाकामा पुस १९ गते देखि ३० गते सम्म ३३६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले हेल्थ डेस्कमा कार्यरत ल्याबका कर्मचारी र पारामेडिक्सलाई कोरोना पुष्टि भएको बताउनुभयो । संक्रमित सबै जना स्वास्थ्यकर्मीमा सामान्य रुघाखोकी देखिएको छ ।

नाकामा १७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । जो दुई सिफ्टमा ड्युटी गर्छन् । मास्क, एम्प्रोन लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी समेत कोरोनाको जोखिम छ । भीड व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यकर्मीलाई नै सकस छ ।

Next Post

कर्णालीका दशवटै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्न मुख्यमन्त्री शाहीको निर्देशन

३ माघ २०७८, सोमबार ०७:०३
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभर कोभिड विशेष एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । प्रदेशका दशवटै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्न मुख्यमन्त्री जीबनबहादुर शाहीले मातहतका निकायलाई निर्देशन दिनुभएको हो । प्रदेश विपद् व्यवस्थापन समितिको वैठकपछि उनले तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै प्रत्येक जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको […]