“स्थानीय शैक्षिक सवाल” विषयक अन्तरक्रिया दैलेखमा सम्पन्न ।।

शैक्षिक गुणस्तर सुधार र भौतिक व्यवस्थापनमा नगरपालिकाको प्रमुख चासो

कर्णालीदृष्टी संवाददाता १२ आश्विन २०७८, मंगलवार ०९:५९

दैलेख । नारायण नगरपालिका दैलेखका कार्यवाहक मेयर एवंम वडा नं. ९ का वडाध्यक्ष ढालबहादुर थापाले शैक्षिक गुणस्तर सुधार र भौतिक व्यवस्थापनमा नगरपालिकाको प्रमुख चासो रहेको बताएका छन ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्वारा सोमवार दैलेखमा आयोजित स्थानीय शैक्षिक सवाल विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो विचार राखेका हुन ।

यस्तै शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापाले कोरोना संक्रमणको समस्याले सबै भन्दा थला परेको क्षेत्र शिक्षा र आर्थिक गतिविधि रहेको उल्लेख गर्दै जिल्लाभर विद्यालयहरु खुलेका तर जोखिम व्यवस्थापनमा सावधानी अपनाउनुपर्ने सुझाव दिए ।
नारायण नगरपालिकाका प्रमुम प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले शैक्षिक सुधार लगायत नागरिक समाजले दिने सुझाव र पृष्ठपोषण योजना तर्जुमा अघि दिने गरे नीति, कार्यक्रम र योजनामा समेट्न सघाउ पुग्ने बिश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्र संघको सन् २०३० सम्म सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको विकासको गन्तव्य दिगो विकासका १७ लक्ष्यहरुमा समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा प्रवद्र्धन सवाल र स्थानीय प्रयाय विषयमा खुला छलफलमा सरोकारवालाले खुला धारणा राखेका थिए ।

नागरिक समावका सुझाव राख्ने क्रममा सामाजिक सेवा केन्द्र (सोसेक)का आधार परियोजना भैरबी संयोजक निर्मला नेपालीले लकडाउन र निषेधाज्ञा अवधिमा विद्यालय बन्द हुँदा बालविवाह बढेको, मजदूरी गर्न बालबालिका मुग्लान पसेका बताईन ।

पत्रकार बिशाल सुनारले विद्यालयका भौतिक संरचना कमजोर भएका कारण जोखिम बढेको र यसले शैक्षिक गुणस्तर बृद्धिमा समस्या पैदा भएको, अहिले विद्यालय सञ्चालन हुँदा स्वास्थ्य सावधानीमा कमी रहेको औल्याए ।

खुला छलफलमा सहभागी हुँदै पत्रकार श्याम बीसीले दिगो विकासका १७ लक्ष्यहरु समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा प्रवद्र्धन सवाल गरिबी निवारणको प्रमुख आधार हो तर सरकारको नीति कार्यक्रम र कार्यशैली आशातित लक्ष्य प्राप्ती हुनेमा शंका व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले सरकारी विद्यालयका गुणस्तर सुधार गर्न सार्वजनिक ओहदाका व्यक्तिहरुका बालबालिका सरकारी विद्यालयमा भर्ना गराउनुपर्ने सुझाव दिए ।

अन्तरक्रिया कार्यक्रम आयोजक शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला संयोजक दुर्गा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका जिल्ला सदस्य अमर सुनारले शैक्षिक गुणस्तर विकास र नीति निर्माणका लागि राज्य संयन्त्र र स्थानीय तहहरुसंको सहकार्यका क्रियाकलाप बारे जानकारी गराएका थिए ।

Next Post

२४ घण्टामा नेपालमा ८९२ जनामा कोरोना पुष्टि ।।

१२ आश्विन २०७८, मंगलवार ०९:५९
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा बुधबार थप ८९२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९४ हजार १६१ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा […]