भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

कर्णालीदृष्टी संवाददाता १२ कार्तिक २०७८, शुक्रबार ०७:३९

काठमाण्डौ – सरकारले भारतका लागि नेपाली राजदूतमा डा। शंकर शर्मा, बेलायतका लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूतमा प्रा।श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिने, नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने, सुनकोसी मरिन डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिने लगायतको निर्णय गरिएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक पदमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

Next Post

कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाण्डौमा हुने

१२ कार्तिक २०७८, शुक्रबार ०७:३९
काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनको कार्यतालिका प्रकाशन गरेर मङ्सिर २४ देखी २६ गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराएको हो । निर्वाचन प्रक्रिया भने मङ्सिर २१ गतेदेखि नै सुरु हुने […]