छत्र माझीको अध्यक्षतामा ५१ सदस्यीय आठबिस नगरकमीटि गठन ।।

कर्णालीदृष्टी संवाददाता १४ आश्विन २०७८, बिहीबार १६:४३

दैलेख । नेकपा एकीकृत समाजबादी पार्टी जिल्ला कमिटी दैलेखले आज बिहीबार जिल्लाको आठबिस नगरपालीकामा नगरपालीका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

आफ्ना मातहतका सबै पालिकाहरुमा कमीटि गठन तथा भेलाको कार्यक्रमलाई तिब्र बनाएको एकिकृत समाजवादी पार्टीले आजको भेलाबाट छत्र माझीको अध्यक्षतामा ५१ सदस्यीय नगरकमीटि गठन गरेको छ ।

यस्तै भेलावाट उपाध्यक्षमा पदम कार्की र पुर्णीमा माझी तथा सचिबमा ओम बिष्ट लगाएत ५१ सदस्यीय आठबिस नगरकमीटि गठन गरिएको एकिकृत समाजवादी पार्टीका जिल्ला सदस्य एवंम यूवा नेता रोहीत लामीछाने मगरले जानकारी दिनुभयो ।

पार्टी प्रदेश कमिटी सचिवालय सदस्य टेक बहादुर खाणको प्रमुख आतीथ्यतामा सम्पन्न भेलामा बिशेष अतिथीका रुपमा कर्णाली प्रदेशका भौतीक विकास तथा पुर्वाधार मन्त्री अम्मर बहादुर थापा रहनुभएको थियो ।

यस्तै भेलामा जिल्ला कमिटी अध्यक्ष बरुनाथ योगी, कर्णाली प्रदेश सदस्य मायाराम अधिकारी, जिल्ला कमीटि सदस्य गोकर्ण बहादूर माझी, अनेमसंघका केन्द्रीय सदस्य तथा ठाटीकाध गाउपालीकाका उपाध्यक्ष सूस्मिता सिंह,अनेरास्वव्यूका केन्द्रीय सदस्य भुपेन्द्र शाही लगाएतका नेताहरुको समेत उपस्थिती रहेको थियो ।

Next Post

दोबिल्ला शिलङ्गी लिफ्ट खानेपानी आयोजनाको प्रारम्भिक सर्भे सकियो ।।

१४ आश्विन २०७८, बिहीबार १६:४३
दैलेख । दैलेखको भैरवी गाउपालीका स्थित दोबिल्ला शिलङ्गी लिफ्ट खानेपानी आयोजनाको प्रारम्भिक सर्भेको काम सकिएको छ । सङ्घीय खानेपानी मन्त्रालय अन्तर्गत करिब १५ करोड बढीको लागतमा निर्माण गर्न लागिएको लिफ्ट खानेपानी आयोजनाले गाउँपालिका वडा नं. ३, ४ र ५ का करिब १५ सय घरधुरी लाभान्वित हुने जनाइएको छ । भैरवी […]