नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबारमा

नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबारमा ।

कर्णालीदृष्टि
काठमाडौ २९ आश्विन २०७७, बिहीबार ०६:५७

२८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको सपथ बिहीबार साढे ११ बजे लिने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सपथ समारोह राष्ट्रपति कार्यालयमा बिहीबार साढे ११ बजेका लागि तोकिएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी छन् ।

Next Post

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैंची

२९ आश्विन २०७७, बिहीबार ०६:५७
३० असोज, इलाम । नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैं चियाको तथ्यांक ऋणात्मक हुने गर्थ्यो । तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । गएको आर्थिक वर्ष २०७६/७७ को […]