बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान मृत्यू भएको छ । बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर बर्दीयाको ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी २९ बर्षीय श्रीमती सुनिता थारु र उनकी ४३ बर्षीय भाउजु बेलमती थारुको मृत्यू भएको बर्दिया प्रहरीले जनाएको छ ।
शुक्रबार राति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर मृत्यू भएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पासोमा करेन्ट लागेर एक जनाको मृत्यू भएको थाहा पाएलगत्तै खेतमा विद्युत् प्रवाह गरेका वृद्ध आफैँले घरपरिवारमा जानकारी गराएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।
Next Post

एएफसी महिला एसिया कप छनोटमा आज नेपाल फिलिपिन्ससँग भिड्दै ।।
२ आश्विन २०७८, शनिबार ०८:११
काठमाडौं । एएफसी महिला एसियन कपमा छनोट अन्र्तरगत नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् । २०१४ पछि पहिलो पटक नेपाली टिममा साम्बा छैनन् […]
सम्बन्धित समाचार
-
५ कार्तिक २०७८, शुक्रबार १७:५१
पहिरो खसेर बन्द भएको कर्णाली राजमार्ग आज देखि खुल्यो ।।
-
३ फाल्गुन २०७९, बुधबार १७:४५
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते
-
१३ मंसिर २०७८, सोमबार १६:३८
अत्यधिक रक्तस्राव भएपछि अछामकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार
-
६ बैशाख २०७९, मंगलवार ०७:५४
सुर्खेतमा १५ अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना हुने
-
८ कार्तिक २०७८, सोमबार ०९:३६
आज १ लाखभन्दा बढी मात्र खोप नेपाल आउने
-
८ पुष २०७८, बिहीबार १७:३०
सल्यानमा हत्या आरोपमा वडा अध्यक्षसहित चारजना पक्राउ

