कर्णाली प्रदेशसभाले स्थापनाको चौथो वार्षिकोत्सव विविध काक्रम गरी मनाउने

कर्णालीदृष्टी संवाददाता १३ माघ २०७८, बिहीबार १७:२७

सुर्खेत । कर्णाली प्रदेशसभाले स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । माघ २१ गते प्रदेशसभाले स्थापना दिवस मनाउने भएको हो ।

सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले माघ १७ गते देखि विभिन्न कार्यक्रमहरु आयोजना गरेर वार्षिकोत्सव मनाउने निर्णय गरेको हो ।

सभामुख शाहीका अनुसार माघ १७ गते प्रदेश सभा परिसरको सरसफाई गर्ने, विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने छ । माघ १८ गते खेलकुद गतिविधि हुनेछन् । यस्तै युवासँग प्रदेशसभा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

माघ २० गते टुर कार्यक्रमको आयोजना गरिने भएको छ । सोही दिन वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिने भएको छ । प्रतियोगिताका लागि ‘म प्रदेश सभाको सदस्य भएँ भने‘’ शीर्षक तय भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

माघ २१ गते बिहान ११ बजे औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण, स्मारिका विमोचन र जलपान कार्यक्रम तय भएको छ ।नेपाल प्रेसबाट

Next Post

आजदेखि टाटा समूहकाे भयाे एअर इन्डिया

१३ माघ २०७८, बिहीबार १७:२७
काठमाण्डौ । भारतको टाटा समूहले आज बिहीवार आधिकारिक रूपमा एअर इन्डियाको अधिग्रहण गरेको छ । केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले एअर इन्डियाको अधिग्रहण प्रक्रिया पूरा भएको बताउनुभएको छ । अधिग्रहणको घोषणाअघि ुटाटा सन्सु का प्रमुख एन चन्द्रशेखरनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभएको थियो । यसअघि सन् २०२१ को अक्टोबरमा […]