आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने

कर्णालीदृष्टी संवाददाता ८ कार्तिक २०७८, सोमबार ०९:३१

काठमाण्डौ । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात हुने अनुमान गरिएको छ । भोली र पर्सी देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Next Post

आज १ लाखभन्दा बढी मात्र खोप नेपाल आउने

८ कार्तिक २०७८, सोमबार ०९:३१
काठमाण्डौ । १ लाखभन्दा धेरै कोरोनाविरुद्धको खोप आज सोमबार नेपाल आउने भएको छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत दिन लागेको फाइजर खोप आज आउन लागेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको खोप शाखा प्रमुख डा सागर दाहालले जानकारी दिनुभयो । उक्त खोप आज बिहान ९ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने […]