सेवा सुबिधालाई प्रभावकारी बनाउन सबैले खबरद्धारी गरौ

कर्णालीदृष्टी संवाददाता १६ जेष्ठ २०७९, सोमबार ०६:४८

दैलेख । स्थानिय सरकारले प्रवाहा गर्ने सेवा सुबिधालाई प्रभावकारी बनाउन सबैले खबरदारी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । प्याक्ट नेपालले आईतबार सदरमुकाम दैलेखमा आयोजना गरेको एक छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

देश संघियतामा गईसकेपछि पनि नागरिकहरुले उपभोग गर्ने सेवा सुबिधाका बारेमा प्रयाप्त जानकारी नहुनु, जनप्रतिनिधिहरुले बिभीन्न निती नियम निर्माण गरेपनि त्यसको कार्यान्वय पक्ष कमजोर रहनु जस्ता कारण पछि पर्नु परेको भन्दै सम्बन्धीत निकायमा सबैले खबरदारी गर्नु आवश्यक रहेको सहभागिहरुको भनाई थियो ।

छलफल कार्यक्रममा बोल्दै सहभागिहरुले पालिकाहरुले सार्वजनिक सुनुवाई, योजना तर्जुमा, सामाजिक परिक्षण लगाएतका कामहरु प्रभावकारी रुपमा गर्न नसकेको गनुसो गरेका थिए । कतिपय अवस्थामा सम्बन्धित व्यक्तीलाई आफुले गर्नुपर्ने कामका बारेमा नै जानकारी नहुदा समस्या हुने गरेको समेत सहभागिहरुको भनाई थियो ।

आगामि दिनमा सरोकारवाला सबैले जनप्रतिनिधीहरु जनताप्रति जवाफदेही छन वा छैनन? योजना तर्जुमाका चरणहरु प्रभाबकारी रुपमा पालना भए नभएको जानकारी, न्यायिक समितीले गर्नुपर्ने काम कर्तव्य तथा स्थानिय सरकारले बनाएका निती तथा कानुनको कार्यान्वयन लगाएतका बिषयमा  चासोका साथ सोधि खोजि गर्नु जरुरी रहेको सहभागिहरुको जोड थियो ।

कार्यक्रममा जिल्लास्थित बिभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रतिनिधी, नागरिक समाज, शिक्षक, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Next Post

नारायण नगरपालिकाद्धारा एक हजार बढीको निःशुल्क स्वास्थ्य बीमा

१६ जेष्ठ २०७९, सोमबार ०६:४८
दैलेख । दैलेखको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । मानसिक स्वास्थ्य समस्यामा परेका पालिका भित्रका ११ वटै वडामा गरि हालसम्म १ सय ८९ परिवारका १ हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा […]