प्रतिनिधि सभाको बैठक बस्दै

निजामती विधेयक फिर्ता लिने प्रस्ताव पेश हुने ।।

कर्णालीदृष्टी संवाददाता २२ आश्विन २०७८, शुक्रबार ०९:४२

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा विरोध गर्दै आएको छ । त्यसलाई आज पनि निरन्तरता दिने तयारी एमालेले गरेको छ । अघिल्लो पटक बसेको बैठक एमालेकै विरोधका कारण सात मिनेटमात्रै बसेर स्थगित भएको थियो ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ । सभामुख सापकोटाले ‘बाटो खाली नगरेसम्म विरोध जारी रहने एमालेका एक नेताले बताए ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख सापकोटा र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमालेले बहिस्कार गरेको थियो ।

Next Post

तल्लो डुङ्गेश्वरमा दुर्गाभवानीको मन्दिर निर्माण ।।

२२ आश्विन २०७८, शुक्रबार ०९:४२
दैलेख । दैलेखको दुल्लु नगरपालिका–१ तल्लो डुङ्गेश्वर नजिक दुर्गाभवानीको मन्दिर निर्माण गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ का ३५ वर्षीय बासु आर्चायले आफ्नो व्यक्तिगत लगानीमा उक्त मन्दिरको निर्माण गरेका हुन् । शक्ति पिठ डुंगेल मन्दिर परिसर भित्रै दुर्गाभवानीको मन्दिर स्थापना गरिएको आर्चायले बताए । आर्चायका अनुसार व्यक्तिगत पाँच लाख बराबरको […]