दैलेखका डीएसपी अनुपम श्रेष्ठको सरुवा, अब भुवनेश्वर साह आउने ।

कर्णालीदृष्टी संवाददाता २७ कार्तिक २०७८, शनिबार १८:३४

दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी नायव उपरीक्षक डीएसपी अनुपम श्रेष्ठको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ जना डीएसपीको सरुवा निकालेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपी श्रेष्ठको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्साल सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले डीएसपी श्रेष्ठलार्य २०७७ भदौ १५ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा खटाएको थियो ।

प्रहरी नायव उपरीक्षक डीएसपी अनुपम श्रेष्ठको सरुवा भएसँगै जिल्ला प्रहरी कार्यालयमा नयाँ डीएसपी भुवनेश्वर साह आउने भएका छन्। प्रहरी प्रधान कार्यालयले १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगर गम्भिर अपराध अनुसन्धान शाखामा कार्यरत डीएसपी साहलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा सरुवा गरेको हो ।

Next Post

नेपाल बुद्धिजीवी संगठन दैलेखको अध्यक्षमा कृष्ण देवकोटा

२७ कार्तिक २०७८, शनिबार १८:३४
दैलेख । नेपाल बुद्धिजीवी संगठन दैलेखको अध्यक्षमा कृष्ण देवकोटा चयन भएका छन । शनीबार दैलेखमा सम्पन्न संगठनको जिल्ला सम्मेलनबाट देवकोटाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिती चयन गरिएको हो । समितीको उपाध्यक्षमा बखत भण्डारी, सचिवमा कमल हमाल, सह सचिवमा लोकेन्द्र शाही र कोषाध्यक्षमा प्रमिला अधिकारी लगाएत ३५ सदस्यीय जिल्ला समिती चयन […]