काठमाडौं । नेपाल प्रहरीले करिब ६०० संख्यामा जागिर खुलाएको छ । जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयको सूचना अनुसार प्रहरी सहायक निरीक्षकमा ३६७ जना माग गरिएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ । प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ ।
उक्त पदहरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।