पल शाह प्रकरण : नाबालिगले बयान फेरिन्

कर्णालीदृष्टी संवाददाता ५ बैशाख २०७९, सोमबार ०६:४६

तनहुँ – अभिनेता पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी एक नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् ।

तनहुँ जिल्ला अदालतमा आइतवार नाबालिगकाे तर्फबाट बकपत्र भएको थियो । त्यही क्रममा अदालतमा उनले आफूमाथि कलाकार पल शाहले बलात्कार नगरेको बयान दिएकी हुन् । अरू बयान भने यथावत् रहेको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

नाबालिगले बयानका क्रममा अरूको उक्साहटमा जाहेरी दिएको बताएकी छिन् । दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुन सक्ने कानुन व्यवसायीले बताएका छन् । नाबालिगका बुबा, आमालगायतको बकपत्र भने बाँकी छ । बुबा, आमालगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुने कानुन व्यवसायीहरूकाे भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायाङ्कनका क्रममा शाहले बारम्बार जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गएको फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरी दर्ता भएपछि फागुन १५ गते शाह प्रहरीको सम्पर्कमा आएका थिए ।

Next Post

माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदै

५ बैशाख २०७९, सोमबार ०६:४६
काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको […]