दैलेख । प्रतिनीधि सभाका सदस्य (सांसद) रविन्दराज शर्माले माधब नेपाल जस्ता राष्ट्रघातीहरुले नेपाली जनतामाथी घात गरेको आरोप लगाएका छन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखले शनीवार जिल्लाको माहाबू गाउपालीकाको गैडाबाजमा आयोजना गरेको अगुवा कार्याकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै सांसद शर्माले यस्तो आरोप लगाएका हुन ।
एमाले जिल्ला कमीटि दैलेखका अध्यक्ष समेत रहेका सांसद शर्माले माधब नेपाल, रामकुमारी झाक्री जस्ता राष्ट्रघातिको पछाडी लागेर समय बर्वाद नगर्न कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन ।
जिल्ला सचीव जस्तो पद, र नेकपा एमाले बाट निर्वाचन भएका महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीलाई जनता माथि ठुलो घात भएको छ सांसद शार्मले भने, अझै पनि पुरानै बाटो फर्किन अध्यक्ष शाहिलाई अनुरोध गर्दछू ।
यस्तै डा. सुशील शाहीले माधव नेपालको पार्टीले योजना दिएर कार्याकर्ता लाई भ्रम फैलाएको आरोप लागाए । डां शाहीले स्थानीय स्तरमा हुने सानातिना योजना दिदै जनतालाई भ्रम फैलाएर आफ्नो पार्टीमा आकर्षण गर्न खोजेकाले यस्ता भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।

अगुवा कार्याकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा जिल्ला समन्वय समितिका दैलेखका प्रमुख प्रेम थापा, प्रदेश कमिटी सदस्य लोमन शर्मा, महाबु गाउँ कमिटी अध्यक्ष मिन बहादुर बुढा, हरिप्रसाद उपाध्याय लगाएतका नेताहरुले कुनै पनि पार्टी संग मिलोमतो नगरी समाजबादि एकतिर भएपनि आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबि गरेका थिए ।


