आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

कर्णालीदृष्टी संवाददाता ६ बैशाख २०७९, मंगलवार ०७:५१

काठमाण्डाै – सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ ।

भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिनुभयो ।

भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’ सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । उहाँका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार  स्वास्थ्यकर्मी परिचालन गरिने छ ।

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । मन्त्रालयले नजिकैको वितरण केन्द्रमा गइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।

Next Post

सुर्खेतमा १५ अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना हुने

६ बैशाख २०७९, मंगलवार ०७:५१
सुर्खेत । सुर्खेतमा १५ अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना हुने भएको छ । जिल्लाको बराहताल गाउँपालिका–७ मा सूर्यतारा सिमेन्ट उद्योगको स्थापना गरिने भएको हो । सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेना लगायतको समूहले सोमबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भेटघाट समेत गरेको छ । सिमेन्ट उद्योग स्थापनाका लागि उद्योगले चौकुन गाउँपालिकामा […]