ठाटीकाँधमा क्रिकेट प्रतियोगिता हुदै, विजेताले झण्डै ४१ हजार बढी पुरस्कार पाउने ।।

कर्णालीदृष्टी संवाददाता ५ कार्तिक २०७८, शुक्रबार १८:०८

दैलेख । देलेखको ठाटिकाँध गाउँपालिकामा यही कात्र्तीक १० गते देखि क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । लेकवेसी एकता समाज ठाटिकाँधको आयोजना र ठाटिकाँध गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थीक सहयोगमा चौथो जिल्ला स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा आयोजित खेल कार्तिक १० गते देखि २० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । करिब १० दिन सम्म चल्ने प्रतियोगितामा खेलाडीहरुले कार्तिक ९ गते सम्म टिम दर्ता गर्न पाउने ब्यवस्था मिलाईएको आयोजक लेकवेसी एकता समाजका अध्यक्ष भक्त बहादुर रोकायाले जानकारी दिनुभयो ।

उहाका अनुसार प्रतियोगितामा विजेता हुने समुहले ४१ हजार एक सय ११ रुपैयाँ र उप विजेताले ३१ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

Next Post

एमालेले देशभर आज वडा अधिवेशन गर्दै ।।

५ कार्तिक २०७८, शुक्रबार १८:०८
काठमाण्डौ । नेकपा एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ । देशभरका करिब ६ हजार सात सय ४३ वडाहरुमा एकैपटक पहिलो अधिवेशन हुन लागेको हो । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन र सम्बोधन गर्ने व्यवस्था मिलाइएको एमालेले छ । देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा […]