राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट एमालेका नौ जना सिफारिस

कर्णालीदृष्टी संवाददाता १७ पुष २०७८, शनिबार ०७:१४

काठमाडौँ । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

एमाले कर्णाली प्रदेश कमिटीको शुक्रबार सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् ।

कर्णाली प्रदेशमा रिक्त तीन जना राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार उम्मेदवारका लागि सिफारिस हुनेमा अन्य कलस्टरबाट सुर्खेतका चुडामणि शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालीकोटका हिरे सुनार छन् ।

महिला कलस्टरबाट जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामा तथा अपाङ्गतातर्फ मुगुका रुपबहादुर बुढा, कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम पठाइएको छ । पार्टी केन्द्रले प्रदेशबाट प्रत्येक कलस्टरमा तीन÷तीन जनाको नाम पठाउन निर्देशन दिएको थियो ।

Next Post

कांग्रेस सभापति देउवाद्वारा १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

१७ पुष २०७८, शनिबार ०७:१४
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनयन गर्नुभएको छ । विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ । देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डाक्टर प्रकाशशरण महत, डाक्टर नारायण खड्का, उमा […]