नवनियुक्त मुख्यमन्त्री शाहिद्वारा पद तथा गाेपनियताकाे सपथ

कर्णालिदृष्टि सम्वाददाता १६ कार्तिक २०७८, मंगलवार २१:४४

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पथ तथा गोपनीयताको सपथ लिनुभएकाे छ ।                                                                                          मंगलबार साँझ उहाले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे ।

निर्धारित समयमा मुख्यमन्त्रीका लागि शाहीको एकल दाबी पेस भएको थियो। उहालाई तीन दलीय गठबन्धनको साथ छ। उहाकाे पक्षमा नेपाली काँग्रेसका ६, माओवादी केन्द्रका १२ र नेकपा एकीकृत समाजवादीका ३ जना सांसदहरू छन्।

मुख्यमन्त्रीसहित ८ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मन्त्रालयको भाग्यबन्डा टुंगिसकेको छैन। मन्त्रालय भागबन्डामा दलहरुभित्र मतभेद छ।                                                                                                    कांग्रेसले मुख्यमन्त्रीसहित २, माओवादीले ४ र समाजवादीले ३ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका छन्। तर सांसद संख्याको आधारमा कांग्रसले मुख्यमन्त्रीसहित एक, माओवादीले ४ र समाजवादीले दुई मन्त्रालय पाउनेगरी छलफल भइरहेको एक सांसदले जानकारि दिनुभयो ।

Next Post

प्रथम वडाअध्यक्ष कप भलीबल प्रतियोगिता सम्पन्न

१६ कार्तिक २०७८, मंगलवार २१:४४
दैलेख । दैलेखको महावू गाउपालीका वडा नम्बर २ वडाखोलामा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । महाबू गाउपालीका वडा नम्बर २ को आयोजनामा यही कात्र्तीक १४ गतेबाट सूरु भएको प्रतियोगीता मंगलबार सम्पन्न भएको हो । नेपालीहरुको दोश्रो ठुलो पर्व शुभ दिपावलीको अवसरमा आयोजित प्रथम वडा अध्यक्ष कप भलिबल […]